☰ open Loading... 17 May 2024|  

चार महिनामा ५ हजार क्वीन्टल आलु उत्पादन
  | १९ कार्तिक २०७३, शुक्रबार ०७:२७

जुम्ला जिल्लाको मालिकाबोता गाविसबाट मात्रै पाँच हजार आलु निर्यात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा यो गाविसबाट ५ हजार क्वीन्टल आलु जिल्ला बाहिर निर्यात भएको हो ।

potatoहिउदे सिजनको मुख्य तरकारी मानिने आलु यो वर्ष सिंजा मालिकाबोता गाविसमा धेरै उत्पादन भएको स्थानीय कृषक बताउँछन् । झण्डै ३ सय घरधुरी संख्या रहेको यो गाविसका नागरिकले प्रतिव्याक्ति ३ क्वीन्टलभन्दा माथि आलु उत्पादन गरेका छन् ।

मालिकाबोता ९ बोता गाउँका कृषक शेर बहादुर रावतले आलु खेती पहिलेदेखि गदै आएपनि हाल व्यावसायिक रुपमा उत्पादन जुटेको जानकारी दिए ।

हाल जिल्ला बाहिर निर्यात गरिएको आलु बाट मालिकाबोता गाविसले ३० लाख बराबरको आम्दानी लिएको गाविस सचिव अम्मरराज गिरीले बताए । विभिन्न संघ संस्थाहरुको सहयोगबाट मालिका बोता गाविसका स्थानियहरु आलु खेती तिर उन्मुख भएको सचिव गिरीको भनाई छ ।

गाविसका कृषक रतन रावतका अनुसार कृषि विकास कार्यालयले दिएको आलुको वीउबाट गत वर्ष उत्पादन भएन तर यो वर्ष स्थानीय जातको आलु लगाउँदा परिश्रम अनुसार आम्दानी लिन सकिएको कृषकहरु बताउँछन् ।

रातो जातको आलु प्रतिकेजी २० रुपैयाका दरकाले बिक्रि हुने गरेको छ । यहाँ उत्पादन भएको आलु हाल काठमाडौं, दाङ्ग, सुर्खेत, नेपालगन्ज, दैलेख र विराटनगरसम्म निर्यात भइरहेको छ । ‘बाहिरी जिल्लामा आलुको माग बढी छ । तर माग अनुसार आफूहरुले आलु निर्यात गर्न सकेको छैनौं’ कृषक रावतले भने ।