☰ open Loading... 2 May 2024|  

चाउमिन उद्योगबाट ५० हजार आम्दानी
  | १९ कार्तिक २०७३, शुक्रबार ०८:१४

पश्चिम सुर्खेतको बावियाचौर गाविसका महिलाहरु चाउमिन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । २०७१ सालबाट चाउमिन उद्योग सञ्चालन गरेका दिदिबहिनी चाउमिन उद्योग बाबियाचौरका महिलाहरूलाई राम्रो आम्दानी गर्न सफल भएका छन् ।

६ जनाको समुहमा व्यवसाय संचालन गरेका उनीहरुले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन । घरायसी काम व्यस्त, श्रीमान भारतमा गएर काम गर्ने, दैनिक घर खर्च चलाउन मुस्किल पर्ने हामीहरुलाई आजभोली घरखर्च चलाएर नियमित बचत गर्नमा सहयोग पुगेको उद्योगका अध्यक्ष उषा बलामीले बताईन् ।

chaumin

दैनिक डेढ क्विन्टल चाउमिन उत्पादन गरि १० भन्दा गाबिसमा पठाउने गरेको उनीहरुको भनाइ छ । आवाज संस्थाबाट तालिम लिएका उनिहरुले मेडेप र आस्था संस्थाबाट पनि सहयोग लिएर काम गरिरहेका छन ।

उद्योगको लागि जग्गा भाडामा लिएर आफ्नै भवन बनाएका उनीहरुले केही समय पछि आफ्नै जग्गा खरिद गरि भवन निर्माण गर्ने र बजार क्षेत्र पनि बढाउने योजनामा छन् । यहाँ उत्पादन हुने चाउमिन प्रति किलो ६० का दरले बिक्री हुने गरेको छ ।