☰ open Loading... 20 May 2024|  

काँग्रेस सभापति देउवा भारत प्रस्थान
  | १९ कार्तिक २०७३, शुक्रबार ११:०२

nepali-congress-presidentनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन आज (शुक्रबार) भारततर्फ प्रस्थान गरेका छन् ।
सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जाने कार्यक्रम तय भएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेसआईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्नेछन् ।

नयाँ दिल्लीमा रहँदा सभापति देउवा जवाहरलाल नेहरू विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा समेत भाग लिनुहुने स्वकीय सचिव देउवाले बताए । सभापति देउवाका साथ उनकी धर्मपत्नी एवम् सांसद आरजु देउवा राणा सहभागी छन् । सभापति देउवा यही कात्तिक २३ गते स्वदेश फर्कने छन् ।