☰ open Loading... 1 May 2024|  

यस्ता दुःख भोग्न बाध्यछन् हिमाल र पहाडका महिला (भिडियो)
  | २० कार्तिक २०७३, शनिबार ०८:५७

खस भाषामा निर्माण ‘पानकली’को च्यारिटी सो हुने

मध्य तथा सुदूरपश्चिमाञ्चलका विकास क्षेत्रका हिमाली र पहाडी क्षेत्रका महिलाहरुले भोग्नु परेका पीडाहरु समेटिएको चलचित्र पानकलीको च्यारिटी सो हुने भएको छ । कालीकोट त्रिरत्ना टेक्निकल इन्ष्टिच्यूट प्रा.लि.ले तयार गरेको पानकली चलचित्र आईतबार सुर्खेतमा च्यारिटी सो गर्न लागेको निर्माण पक्षले जानकारी दिएको छ ।

भेरी, कर्णाली, सेती र महाकाली अञ्चलका पहाडी र हिमाली क्षेत्रमा बस्ने महिलाहरुले भोग्दै आएका समस्याहरु पानकाली चलचित्रमा देखाइएको निर्माता तथा निर्देशक खगेन्द्र न्यौपानेले जानकारी दिए ।

‘बर्दियाको राजापुर, कैलीलीको लम्की, जुम्ला लगायतका जिल्लामा च्यारिटी सो गरिसकेका छौं ।’ न्यौपानेले भने,–‘सुर्खेतमा पनि आईतबार दिउँसो सुर्खेत क्याम्पस शिक्षामा देखाउँदै छौं ।’

pankali-film

पानकलीको मुख्य भूमिकामा मनु अधिकारी छन् । हिमाली र पहाडी क्षेत्रका हुने बालविवाह, बहुविवाह, जारी पर्था, जातिय छुवाछुतमा एक महिलाले भोक्नु परेका दुःखको चित्रण यो चलचित्रमा गरिएको छ ।

२ घण्टाको चलचित्रको लागत करिव ४२ लाख रहेको छ । पुरै चलचित्र निर्माण गर्न ८ महिना लागेको जानकारी दिएको निर्माण पक्षले चलचित्र विकास बार्डबाट सेन्सर पासका लागि प्रक्रिया थालेको जनाएको छ । ‘हाल हामी च्यारिटी सो मात्रै गर्छौं । सेन्सर पास भएपछि फिल्म हलमा पनि देखाउँछौं ।’ निर्देशक न्यौपानेले भने ।

पानकली चलचित्रको भिडियो हेर्नुहोस् ।

पानकली चलचित्रमा स्थानीय भाषाको मात्रै प्रयोग गरिएको छ । फिल्ममा ठाकुरको भूमिकामा अशोक सिंह, लाहुरे दर्जीको भूमिकामा कृष्ण राज धमाला लगायत गरी ३५ कलाकारहरुको अभिनय रहेको छ ।

लाहुरे दर्जीको मृत्युभएपछि पानकलीले भोग्नु परेका दुःखबाट फिल्म कथा शुरु भएको निर्माण पक्षले जानकारी दिएको छ ।