☰ open Loading... 3 May 2024|  

जाजरकोटमा सिर्जना उत्सव
  | २० कार्तिक २०७३, शनिबार १८:१९

राजधानी देखि मोफसलका साहित्यकारको जमघट

तिमी र म
अर्थात हामी
फरक बाटो भएपनि
आज, एउटै सपनामा हस्ताक्षर गरेर हिडेका छौ ।

हो तिमी जन्मेको दिन
आमाको निधारको टिका एकाएक सुर्य भएर
घर आँगनमा उज्यालो झलमलाइरह्यो
तर म जन्मेको दिन

आमाको निधारको घाम जस्ता टिका एकाएक धुम्मिएर
आफैलाई बगाउने गरी आँखा अविरल बर्सिरह्यो….

राजधानीबाट आएकी कवियत्री मोमिलाले जाजरकोटमा आयोजित सिर्जना उत्सवमा यो कविता बाचन गरिरहँदा आगन्तुक सवै मन्त्रमुग्ध भएर श्रवण गरिरहेका थिए ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठान नेपालको आयोजना र कविशिरोमणि लेखनाथ प्रतिमा संरक्षण समिति जाजरकोटको सह आयोजनामा जाजरकोट सदरमुकाम खलंगामा शनिवार कलासाहित्य यात्रा २०७३ अन्र्तगत आयोजना गरिएको कविता बाचन सहितको सिर्जना उत्सवमा स्थानिय र राजधानीबाट आएका कविहरुले आफ्ना कविता बाचन गरेका छन् । कलासंस्कृतिको संरक्षण गर्ने र स्थानिय साहित्यकारहरुलाई हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

jkt
कार्यक्रममा मोमिलाका साथै कविहरु कविवर तुल्सी दिवस , उशा शेरचन , डा.कृष्णराज डि.सी., मनी लोहनी , अनुपम रोशी , केशव सिग्द्येल , सगोत्री आचार्य , रशिक किराँती ,राजेश्वर कार्की , दिलिप शाह , क्षितिज सर्मपन , हरि सन्दर्भ , जनक सम्वेदक , गंगविवस आर.सी, अच्युत प्रसाद शर्मा लगायतका श्रष्टाले आ आफ्ना रचना बाचन गरेका थिए ।

संस्कृतिविद तथा कविवर तुल्सी दिवसको प्रमुख आतिथ्यता र समालोचक प्राध्यापक डा. गोविन्द्र राज भट्टराईको विशेष आतिथ्यतामा भएको कार्यक्रममा २५ हजार रुपैया राशिको यस बर्षको योगेश्वर कार्की कलासाहित्य पुरस्कार कथाकार दिलिप शाहलाई प्रदान गरिएको छ ।

जाजरकोट निवासी शाहका मौन धारण , श्रदासुमन , मुर्दार र बघिनी कथासंग्रहका सार्थ जालो लघुकथासंग्रह कृति प्रकाशित छन् । कार्यक्रममा अमेरिकन नागरिक डा. गे्ररेगोरी जी. मास्करीनेक द्धारा स्थापित ग्रेरेगोरी लोकसंगित संरक्षण पुरस्कार जाजरकोटका स्थानिय लोकगायक शेरबहादुर अधिकारी र ग्रेरेगोरी लोकसंस्कृति पुरस्कार स्थानिय राजुराजा सिहलाई प्रदान गरिएको छ ।

दुवै पुरस्कारको राशी २० हजार नगद सहित ताम्रपत्र रहेको छ । ग्रेरेगोरीले नेपालकै धामीझाँक्री विषयमा विद्याबारिधी गरेका छन् । सिर्जना उत्सवमा साहित्यकार राजेश्वर कार्की , दिलिप शाह , अमर शाह , मोहनविक्रम शाह र ग्रेरेगोरीलाई ताम्रपत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रममा कविवर तुल्सी दिवसले जाजरकोट संस्कृतिक रुपमा निकै धनी र साहित्य सिर्जनाको हिसावले अत्यान्त उर्वर भुमिरहेको बताउँदै यसको संरक्षण संर्वद्धनका लागी सवैले पहल गर्नु पर्ने बताए ।

यहाँको ककला साहित्य, संगित, संस्कृती लागयतका क्षेत्रको संरक्षण र संबद्र्धनका लागी काम गदै आएको कलासाहित्य डटकमले देशका विभिन्न जिल्लामा तथा विदेशमा समेत विगत १० बर्ष देखी हरेक बर्ष यसरी नै सिर्जना उत्सवको आयोजना गर्ने गरेको प्रतिष्ठानकी अध्यक्ष मोमिलाले जानकारी दिईन ।

सिर्जना उत्सवले स्थानिय साहित्यप्रेमीमा थप उर्जा प्रदान गरेको कविशिरोमणी लेखनाथ प्रतिमा संरक्षण समितिका अध्यक्ष हरि सन्दर्भले बताए ।