☰ open Loading... 20 May 2024|  

ट्रम्पको पक्षमा सुधारात्मक परिणाम, अझै क्लिन्टन अगाडि
  | २१ कार्तिक २०७३, आईतवार ०९:०१

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका सशक्त दाबेदार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच आगामी शनिबार हुने निर्वाचन आफ्ना आफ्ना चुनावी मुद्दालाई थप प्रभावकारी पार्दै अघि बढ्ने सार्थक प्रयास जारी छ ।

america

यसै सिलसिलामा दुई प्रतिस्पर्धी र उनीहरुका शुभेच्छुकले निर्वाचनको अन्तिम तयारी स्वरुप चुनावी अभियानलाई थप सशक्त पारेका छन् ।

ट्रम्पले क्लिन्टनलाई भ्रष्ट र अयोग्य घोषणा गरेपछि ट्रम्प पक्षधर पत्रपत्रिकामा क्लिन्टनको इमेल लगायतका काण्डलाई विशेष व्याख्या र आकर्षक बनाइ छापिएका छन् ।

राष्ट्रपतिका अर्का उम्मेदवार क्लिन्टनले आफ्नो चुनावी अभियानमा शनिबार वियोन्सजस्ता सुपरस्टार गायकलगायतका आफ्ना शुभेच्छुकलाई चुनावी अभियानमा ल्याएका छन् ।

अमेरिकी सर्वेक्षणले शनिबारसम्म क्लिन्टनलाई अगाडि देखाए पनि उहाँको इमेल काण्डलाई एफबिआइले निर्वाचनको सङ्घारम आएर सशक्त उठाइदिँदा ट्रम्पप्रति यसअघि देखिएको समर्थनमा थप वृद्धि भएको देखिएकोे छ ।

क्लिन्टनले आफ्नो चुनावी अभियानलाई शुक्रबार र शनिबार क्लेभल्याण्ड, ओहायो, डेट्रोइट, मिचिगन क्षेत्रमा केन्द्रित बनाएका छन् ।

Scoure:Nepalaaj:RSS:AAFP