☰ open Loading... 17 April 2024|  

बन्चरो प्रहार गरी हत्या
  | २१ कार्तिक २०७३, आईतवार १०:५९

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३५ वर्षीया तुलसी भट्टलाई उहाँकी जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

आज बिहान करिब ४ बजे ईश्वरीले भाइबुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्यापश्चात् फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । जेठाजुको बन्चरो प्रहारबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् धनी भट्ट रोजगारीको सिलसिलामा भारतमा रहेका बेला जेठाजुले बुहारीको हत्या गर्नुको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले फरार रहेका भट्टको व्यापक खोजी गरिरहेको जनाएको छ ।