☰ open Loading... 2 May 2024|  

बैंक नहुँदा राहदानी बनेन
  | २१ कार्तिक २०७३, आईतवार १४:५१

असार पहिलो साता बैतडीको हाटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट अहिलेसम्म पनि राहदानी जारी हुन सकेको छैन । बैतडीको दुर्गम क्षेत्र पुरचौंडी क्षेत्रका एक दर्जन गाविसका नागरिकलाई सेवा दिने उद्देश्यले पुरचौंडी हाटमाइलाका प्रशासन कार्यालय सञ्चालनमा आएको थियो ।

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपनि यस ठाउँमा बैंक नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा पुरचौंडी क्षेत्रका एक दर्जन गाविसका नागरिक दुई दिन धाएर सदरमुकाम आउनुपर्ने बाध्यता हट्न सकेको छैन । इलाका प्रशासन कार्यालय राहदानी बाहेक अन्य सेवा भने प्रदान गर्दै आएको छ ।