☰ open Loading... 12 April 2024|  

सडक दुर्घटनामा एकको मृत्यु
  | २१ कार्तिक २०७३, आईतवार १५:२२

धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ ।

से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकलमा सवार धनगढीकै २८ वर्षीय तीर्थ रावल भने गम्भीर घाइते भएकाले उनकाे थप उपचारका लागि भारतको हल्व्दानीस्थित अस्पतालमा भर्ना गरिएको छ । मल्ल र रावल कैलाली बहुमुखी क्याम्पसका कर्मचारी हुन् ।