☰ open Loading... 19 April 2024|  

नगरपालिका काय हुनुपर्ने भन्दै राजमार्ग बन्द
  | २५ कार्तिक २०७३, बिहीबार १८:५३

नगरपालिका कायम गर्न माग गर्दै स्थानिय नगरवासीले पुर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको भुरीगाउँमा एक घण्टा राजमार्ग अबरुद्ध पारेका छन् ।

यसअघि बबई नगरपालिका रहेकोमा अरु दुई छिमेकी ठाकुरद्धारा र शिवपुर गाउँ विकास समितीलाई समावेस गर्दापनि नगरपालिका कायम नगरेको भन्दै स्थानियवासी सडकमा उत्रिएका हुन ।

bardia-highway

बबई नगरपालिकाकाका स्थानियवासी, स्थानिय राजनितीक दल, ब्यापारी लगायतको नेतृत्वमा नगरपालिका काय गर्नुपर्ने भन्दै स्थानिय तह पुनःसंरचना समितीलाई दवाद दिन आज एक घण्टाका लागि राजमाग अबरुद्ध पारीएको स्थानिय लक्ष्मण गौलीले जानकारी दिए ।

स्थानिय राजनितीक प्रतिनिधी बिबि भण्डारी, तिलक लम्साल, जीवन शाही, खगेन्द्र खनाल, महेन्द्र पंगेनी, श्यामलाल थारु, कालिका देबी बिष्ट लगायतले राजमार्गमै नगरपालिका कायम गर्नुपर्ने माग गर्दै बोल्नु भएको थियो । नगरपालिका कायम नभए थप आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

गतवर्ष नगरपालिका घोषणा गरिएको, हाल जनसंख्यामा उल्लेखनिय वृद्दि भईसकेको र नगरपालिका हुनका लागि सम्पुर्ण मापदण्ड पुरा भईसक्दा पनि नगरपालिकाबाट गाउँपालिका बनाउने योजना गरेको भन्दै बिरोध जनाएका छन् ।

नगरपालिकाको नाममा बिबाद छैन, नगरपालिका चाहीयो भन्दै जनताको मनोभावनामा पर्ने असरप्रति सचेत भई नगरपालिका कायम गर्नका लागि राजनितिक नेतृत्वको पहलमा स्थानिय तह पुःसंरचना केन्द्रिय आयोगबाट नगरपालिका नै कायम गर्न उनहरुले आग्रह गरेका छन् ।

सर्बदलिय बैठकले स्थानिय तह पुर्नसंरचनाका बारेमा कुनै सहमती जुटाउन नसकेपछि जिल्ला स्तरिय प्राविधिक समितिलाई जिल्लाको बस्तुस्थिती बुझि सिफारिस गर्ने जिम्मेवारी प्रदान गरिएको थियो ।

सबै मापदण्ड पुरा भएतापनि जनसंख्या अपुग भएको भुरिगाउँ ठाकुरद्धारा क्षेत्रमा यस अघि बबई नगरपालिका रहेकामा शिवपुर र ठाकुरद्धारा गाविसलाई समेटेर स्थानिय जनताको माग बमोजिम बैकल्पिकमा ठाकुरबाबा नगरपालिकाको रुपमा सिफारिस पठाईएको जिल्ला स्तरिय प्रविधिक समितिका संयोजक तेजराज शर्माले बताउनुभयो ।

बर्दियाका लागि तोकिएका ८ वटा स्थानिय तह मध्ये ४ नगरपालिका र १ गाउँपालिका सहित ५ वटाको टुंगो लगाएर सिफारिस पठाएपनि ३ वटा क्षेत्रको केन्द्रले तय गर्ने गरी सिफारिस पठाईएको छ ।

अन्य सबै मापदण्ड पुरा भएतापनि जनसंख्या मात्र अपुग भएका ठाकुरबाबा, मधुवन र बढैयाताललाई नगरपालिका कायम गर्ने वा गाउँपालिका कायम गर्ने भन्ने टुंङ्गो केन्द्रले लगाउने शर्माले बताए ।