☰ open Loading... 15 October 2024|  

आन्दोलन चर्काउँदै साटाखानीबासी
  | २५ कार्तिक २०७३, बिहीबार १९:०१

साटाखानी गाविसलाई लेकवेशी नगरपालिकामा गाभेको विरोधमा बिहीबार जिल्ला विकास समितिको कार्यालय घेराउ गरिएको छ । साटाखानीलाई वीरेन्द्रनगर नगरपालिकामा गाभ्नुपर्ने माग राख्दै साटाखानी गाविसका नागरिकले दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला विकास समितिको कार्यालय घेराउ गरेका हुन् ।

कात्तिक २० गतेसम्म आयोजना गरिएका भेला, गोष्ठीमा स्थान्ीय नागरिकलाई जानकारी नदिएरै लेकवेशी नगरपालिकामा गाभेको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णयमा संघर्ष समिति पुगेको छ ।

satakhani

साटाखानी गाविसका राजनीतिक दलहरुले आफूखुसी काम गरेको भन्दै स्थानीय नागरिकले विरोध जनाएका छन् । सिङ्गो साटाखानी गाविसको एउटै माग, साखानी गाविसलाई वीरेन्द्रनगर नगरपालिकामा गाभ लगायतका नारा लगाउँदै उनीहरुले जिल्ला विकास कार्यालय घेरेको संघर्ष समिति सटाखानीका संयोजक मानबहादुर खाल्टुमगरले जानकारी दिए ।

उनले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । साटाखानीबासीको माग सम्बोधन गर्न आयोगको केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेको स्थानीय विकास अधिकारी अमृत लम्सालले जानकारी दिएका छन् ।

विहीबार साटाखानीबासीको अगुवा व्यक्तिहरुको भेटमा आफूले गर्न सक्ने काम गरिसकेको बताए । तर उनले सुर्खेतको स्थानीय निकायको सिफारिस केन्द्रमा भैसकेकाले थप जिल्लाबाट केही हुन नसक्ने स्पष्ट पारेका छन् ।

उनले साटाखानी गाविसका नागरिकलाई आफ्नो माग पुरा गराउन दवाव दिन पुनर्संरचना आयोगको केन्द्रीय कार्यालयमा पुग्न सुझाव दिएका छन् । अन्दोलन अन्तरग बिहीबार साटाखानीका विद्यालय, सरकारी कार्यालय, गैरसरकारी संस्थाहरु बन्द गरिएको थियो ।