☰ open Loading... 18 May 2024|  

द्धन्द्ध पीडित ८ जिल्लाका कृषकले पाउने कृषिमा ८५ प्रतिशत अनुदान
  | २६ कार्तिक २०७३, शुक्रबार १३:३०

कृषि विकास मन्त्रालयले १० बर्षे जनयुद्धका पीडितहरुलाई लक्षित गर्दै कृषि कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । कार्यक्रमसँगै मन्त्रालयले कार्यविधि समेत बनाएर लागु गर्ने भएको हो ।

जनयुद्धका क्रममा शहिद परिवार, मृतक र वेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते, अपाङ्ग एवं विस्थापित परिवारहरुलाई योजना ल्याउने लागेको मन्त्रालयले जनाएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले त्यस्ता परिवारलाई लक्षित गरी बढीमा ८५ प्रतिशतसम्म अनुदान दिने गरि कृषि कार्यक्रम अगाडि सारेको हो ।

सरकारले याे कार्यक्रम मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका रुकुम, रोल्पा, अछाम, सल्यान, जुम्ला, डोटी, कञ्चनपुर र कैलालीमा सञ्चालनमा गर्ने जनाएकाे छ । यस्तै मध्यमाञ्चलका लमजुङ र सिन्धुलीमा पनि कार्यक्रम सञ्चालन हुने मन्त्रालयकाे भनाइ छ ।

आयआर्जनसँग सम्वन्धित तरकारी उत्पादन कार्यक्रमको सहयोगबाट द्धन्द पीडितको जीवनस्तर उकास्न यस्तो कार्यक्रम ल्याएको मन्त्रालयले भनाइ छ ।