☰ open Loading... 19 September 2024|  

कार्यालय सरसफाइमा जुटे सरकारी कर्मचारी
  | २६ कार्तिक २०७३, शुक्रबार १४:१४

जिल्ला मालपोत कार्यालयका प्रमुख रामकृष्ण रानामगरदेखी कार्यालय सहयोगी रमेश बोहोरासम्म सवैले आफ्नो कार्यालय सफा गरेका छन् । कार्यालयका सवै कर्मचारीहरु एकसाथ उभिएर कार्यालय हाता सफा गरेका हुन् ।

sharshafai
कार्यालय सफा गर्दै मालपोत कार्यालयका कर्मचारीहरु ।

अति ब्यस्त हुने कार्यालय भएकाले हप्तामा एक पटक सफा गर्ने निर्णय समेत गरेका हुन् । अरु समयमा धेरै सेवाग्राही आउने भएकाले हप्तामा एक पटक शुक्रवार विहान सवै कर्मचारी अनिवार्य उपस्थिती भएर सफा गर्ने गरेको कार्यालयका सुचना अधिकारी खगेन्द्र केसीले बताए ।

कार्यालय सहयोगीले मात्र फोहोर फयाक्न अंसम्भव भएपछि कार्यालयका प्रमुखदेखी सवैले सरसफाई गर्ने गरेको सुचना अधिकारी केसीले बताए । सरसफाई नहुँदा विगतमा कार्यालय हाता फोहोरले थुपरिने गरेको थियो ।

अहिले सेवाग्राही नै कार्यालयको सरसफाई देखेर दंग पर्ने गरेका छन् । जिल्ला मालपोत कार्यालय चिटिक्क सफा कार्यालय भएको छ । कर्मचारीको लगनशिलता उत्साहले कार्यालयको मुहारै फेरिएको सेवाग्राहीहरु बताउँछन् । यता, नेपाल सरकारले पनि २०१७ सम्म सरसफाई वर्ष मनाईएको छ ।