☰ open Loading... 18 May 2024|  

सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने देशमा नेपाल पहिलो
  | २६ कार्तिक २०७३, शुक्रबार २०:३०

सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थान परेको छ । क्यानेडिन क्यान्सर सोसाइटीले सार्वजनिक गरेको सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन नेपाल पहिलो स्थानमा परेको हो ।

क्यानेडियन क्यान्सर सोसाइटीले गरेको विश्व प्रतिवेदनले प्रशान्त महासागरमा रहेको भनौटा पनि पहिलो स्थानमा नै रहेको देखाएको छ । भनौटाले ९० प्रतिशत चेतावनीमुलक सन्देश राखेपनि २०१७ बाट मात्र कार्यान्वयनमा आउने भएकाले यो दोस्रो स्थानमा रहेको छ ।

प्रतिवेदनले ८५ प्रतिशत चेतावनीमुलक सन्देश राख्ने राष्ट्रहरु भारत र थाइल्यान्डलाई तेस्रो स्थानमा देखाएको छ । तर कानुनी व्यवधानका कारण भारतले ८५ प्रतिशत चेतावनीमुलक सन्देश राख्न सकेको छैन ।

surti

कार्यान्वयनमा अस्ट्रेलिया पाँचौ स्थानमा छ भने श्रीलंका र उरुग्वे छैठौं स्थानमा छ । ब्रुनाइ, क्यानाडा, लाओस र म्यान्मा संयुक्त रुपमा आठौं स्थानमा छन् ।

क्यानेडियन क्यान्सर सोसाइटीले दुई वर्षलाई आधार बनाएर तयार गरेको प्रतिवेदनअनुसार १०० ओटा राष्ट्रमा चेतावनीमुलक सन्देश राख्न बाँकी रहेको छ । १०५ ओटा राष्ट्र जसले सन्देश राखि सकेको छ । विश्वमा पहिलो पटक क्यानाडाले २००१ मा चेतावनीमुलक चित्रअंकित सन्देश राखेको थियो ।

यहि अनुवन्धले सुर्तीजन्य पदार्थ नियमन र नियमन सम्वन्धि कानुन र चेतावनीमुलक सन्देश राख्ने निर्देशिका प्रदान गर्दछ । यो अनुवन्ध अनुसार कम्तिमा ३० प्रतिशत चेतावनीमुलक सन्देश राख्नुपर्दछ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र तत्पश्चात आएका नियमावलीले व्यवस्था गरेअनुरुप नेपालले ९० प्रतिशत चेतावनीमुलक चिन्ह राख्ने व्यवस्था २०७१ जेठ १ गतेदेखि लागू गरेको थियो ।