☰ open Loading... 5 May 2024|  

कृषकको नाम बेच्ने गैरसरकारी संस्थालाई कारवाही गर्छु : राज्यमन्त्री तामाङ
  | २७ कार्तिक २०७३, शनिबार ०९:३८

कृषकका नाम बचेर डलरको खेती गर्ने गैरसरकारी संस्थालाई कारवाही गर्ने उद्घोष कृषि राज्यमन्त्री राधिका तामाङले गरिकी छन् । राज्यकै नीतिमा गैरसरकारी संस्था चल्नु पर्नेमा आफूखुसी काम गर्न थालेकाले नियन्त्रण गर्न आफू गम्भीर रहेको तर्क तामाङको थियो ।
प्रेस सेन्टर दैलेखले गरेको पत्रकार सम्मेलनमा राज्यमन्त्री तामाङले नेपालमा जति पनि एनजिओ तथा आइएनजिओबाट प्रवाह हुने कार्यक्रम छन ति सवै राज्यकै नीति अनरुप चल्नु पर्ने बताईन् ।

राज्यको नीतिमा कृषि कार्यक्रम सञ्चालन गर्छौं भन्ने तर आफ्नै गुणगान गैरसरकारी संस्थाले गरेका छन् राज्यमन्त्री तामाङले भनिन्, कृषकको फोटा देखाउँदै डलर कमाउने उदेश्य राखेका गैरसरकारी संस्थालाई नियम गर्छु ।

कृषिका क्षेत्रमा थुप्रै कार्यक्रम सञ्चालन छन् तर कृषकको प्रतिक्रिया सरकारले गरेन् भन्ने भ्रम कृषि क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले छरेको उनको भनाई थियो ।

agri-mantri

प्रधानमन्त्री कृषि अधुनिकरण परियोजना कसरी प्रभावकारी र कहाँबाट सञ्चालन गर्न सकिन्छ भन्ने उदेश्यले प्रदेश नम्बर ६ को भम्रणमा आएको राज्यमन्त्री तामाङले जानकारी दिईन् ।

ईतिहासकै गर्व गर्न लायक राज्यकै कोषबाट सञ्चालित परियोजना भएको दावी गरेकी तामाङले यसलाई व्यवस्थित र प्रभावकारीमुखी बनाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गरिन् ।

कृषक पेशालाई मर्यादित र सम्मानित पेशा बनाउनमा थप टेवा यो परिजनाले पुग्ने विश्वास उनको छ । कृषक सम्वन्धि पृथक परियोजना भएकाले वर्षौदेखि कृषक पेशामा लागेका कृषकलाई उत्साह थप्ने दावी तामाङको छ ।

परियोजनालाई कार्यान्वयनमुखी बनाउन सवै पक्षलाई साथ र सहयोग दिन आग्रह गरिन् । कृषकले उत्पादन गरेका बस्तुहरुको बजार अभाव हुन नदिन कृषि औद्योगिक क्षेत्र निर्माण गर्ने गृहकार्यमा कृषि मन्त्रालय लागेको जानकारी पनि तामाङले दिईन् ।

दैलेखमा सुन्तला र मकैको विउ उत्पादन गर्ने ब्लक स्थापना गरिने पनि राज्यमन्त्री तामाङको भनाई छ । यस्तै किसान पेन्सन कार्यक्रम पनि यसै आर्थिक वर्षबाट लागु हुने राज्यमन्त्रीले जानकारी दिईन् ।