☰ open Loading... 22 May 2024|  

फरुवाले हनेर हत्या
  | २८ कार्तिक २०७३, आईतवार ०७:३८

बेलडाँडी नगरपालिका–४ रतनपुरमा जग्गा विवाद हुँदा ३२ वर्षीय लोकेन्द्र विष्टको फरुवा प्रहार गरी हत्या गरिएको छ । फरुवा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय कम्मान विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।

ट्र्याक्टरले खेत जोतिरहेका कम्मान र लोकेन्द्रबीच खेतमै विवाद भएको थियो । घटनास्थलबाट हत्यामा प्रयोग गरिएको फरुवा बरामद गरेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।