☰ open Loading... 20 September 2024|  

सामुदायिक विद्यालयमा बन्दको प्रभाव परेन
  | २८ कार्तिक २०७३, आईतवार ११:०८

नेकपा (माओवादी) ले गरेको नेपाल बन्दमा सुर्खेतका अधिकाँश सरकारी विद्यालय खुलेका छन् । चर्को महङ्गीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्नु पर्ने माग राख्दै गरेको नेपाल बन्दको प्रभाव सामुदायिक विद्यालयमा परेको छैन् ।

मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका अधिकाँश सामुदायिक विद्यालय खुलेको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको  छ । तर बन्दको प्रत्यक्ष प्रभाव नीजि विद्यालय, सवारी साधन, कलकारखाना लगायतमा परेको छ ।
school-photo-surkhe
जुनसुकै बन्दमा पनि वीरेन्द्रनगरको सामुदायिक विद्यालय श्री कृष्ण संस्कृत तथा साधारण उच्च माध्यामिक विद्यालयमा प्रभाव नपर्ने गरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।

विद्यालय शान्ति क्षेत्र घोषणा गरेपनि राजनीतिक दलहरुले आफू स्वार्थ गर्ने बन्दको चेपुवामा प्रत्यक्ष रुपमा विद्यार्थीलाई पार्नु गलत कार्य भएको शिक्षाविद्हरुको धारणा छ ।

बन्दमा शैक्षिक संस्थालाई खोल्न दिनु पर्ने तर्क अभिभावकहरुको छ । उनीहरुले विद्यार्थीले पढ्न पाउने अधिकार कुण्ठित गर्नु दुर्भागय भएको बताएका छन् ।