☰ open Loading... 19 April 2024|  

बन्चरो प्रहारबाट गम्भीर घाइते
  | २९ कार्तिक २०७३, सोमबार ०७:४८

घरायासी विवादका कारण श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमान् गम्भीर घाइते भएका छन् । झाप्रा–७ काफ्लाकी कल्पना विसी पुनको बन्चरो प्रहारबाट गएराति श्रीमान् गगन गम्भीर घाइते भएका हुन् ।

घाइते पुनलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ । कल्पनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।