☰ open Loading... 17 May 2024|  

अङ्गिकृतले संवैधानिक पद पाउनु हुँदैन : गच्छदार
  | २९ कार्तिक २०७३, सोमबार ०७:५४

मधेसी–जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अङ्गिकृत नागरिकलाई संवैधानिक पद दिन नहुने बताएका छन् ।

सो दलद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले अङ्गिकृतलाई संवैधानिक पद दिन नहुने जनमत मधेसमै अधिक रहेकाले कसैको व्यक्तिगत र पार्टीगत स्वार्थमा उक्त व्यवस्था लागू हुन नसक्ने बताएका हुन ।

“संविधान संशोधनको मुख्य एजेण्डा सीमाङ्कनको बाँडफाँड नै हो, तसर्थ यस विषयमा सबै दल सहमतिमा आउनुपर्छ,” उने भने ।