☰ open Loading... 20 April 2024|  

पेट्राेल पम्पमा अागलागी कराेडाैं क्षती
  | ३० कार्तिक २०७३, मंगलवार १३:२६

लमहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ । गएराती लमही स्थित श्रीराम पेट्रोल पम्पमा आगलागी भएको हो । आगलागीबाट पेट्रोल, मोबिल, डिजल, तथा भौतिक संरचना नष्ट भएको पेट्रोल पम्प सञ्चालक लिलाराम खनालले जानकारी दिए ।

यस्तै पम्पमा रहेका कागजपत्र समेत जलेका छन् ।  राती ११ बजेतिर पेट्रोल पम्पमा एकाएक आगो दन्कीन सुरु गरेको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

ट्यांकरबाट तेल झारेको १० मिनटमै आगो लाग्न सुरु गरेको जनाउँदै पेट्रोल पम्प सञ्चालक खनालले विद्युत सर्ट भएर आगो लागेको बताए । उनले आगलागीबाट अढाई करोड माथिको क्षती भएको वताए ।

लमहीमा रहेको दमकल विग्रेका कारण आगलागीबाट ठूलो नष्ट भएको खनालले वताए । आगो निभाउनका लागि तुलसीपुरबाट दमकल पुगेको थियो ।