☰ open Loading... 3 December 2024|  

सुर्खेत महासंघले गरेको निर्णयप्रति असन्तुष्टि, एकलाैटी निर्णय गरेकाे पत्रकार संगठनकाे अाराेप
  | ३ मंसिर २०७३, शुक्रबार ०९:५१

नेपाल पत्रकार महासंघ सुर्खेतले शुद्विकरण अभियान अन्र्तगत सुर्खेत जिल्लामा रहेका नब्बे जना पत्रकारहरुलाई विदाइ गर्ने निर्णय गरि केन्द्रमा पठाएको छ । जिल्ला भित्र रहेका राजनीति क्षेत्रमा क्रियाशील र अन्य कुनै व्यवसाय गरि बसेका पत्रकारहरुलाई शुद्विकरणका नाममा विदाइ गर्ने निर्णय एकलौटी, बदनियतपूर्ण र राजनीतिक पूर्वाग्रह साध्ने उदेश्य अनुरुप गरिएको महासंघकै सदस्यहरुले आरोप लगाएका छन् ।

list-1

शुद्विकरण अभियान अन्र्तगत फालिएका एक जना पत्रकार भन्छन ‘अध्यक्ष आफैं माओवादी केन्द्रका जिल्ला कमिटिका सदस्य हुन त्यसैले शुद्विकरणको अभियान आफैबाट सुरुवात गरि तत्काल राजीनामा दिनुपर्छ ।’

शुद्विकरण अभियान अघि बढेपछि रुष्ट बनेका पत्रकार नगेन्द्र उपाध्यायले भनेका छन् ‘शुद्विकरणका नाममा राजनीति पूर्वाग्रह साँधी वर्तमान कार्यसमितिले गम्भिर भूल गरेको छ । यो निर्णय महासंघले तत्काल सच्याओस ।’

यसैगरि प्रेस चौतारीका उपाध्यक्ष दिपेन्द्र ओली भन्छन् ‘जिल्लामा सक्रिय पत्रकारीता गरिरहेका नारायण सापकोटा (लोकमञ्च दैनिक), नवराज शर्मा, सिर्जना बुढाथोकी, मदन जोशी (जागरण एफ.एम.), हाम्रो अखवार दैनिकका मेकराज (भैरव) ढकाल, र एक अनलाइन मिडियामा काम गर्ने यामू कडेंल लगायतलाई हटाइएको छ ।

list-2

तर व्यवसाय गरेका, वर्तमान जिल्ला कार्य समितिका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा, स्थायी शिक्षक रगविर विश्वकर्मा, पर्यटन व्यवसायी देवराज जैशी, राजनीतिकर्मी जीवन शाही, विदेशमा रहेका धर्मराज जि.सी., माओवादी केन्द्रकी नेतृ हरिमाया शर्मा, निस्क्रिय पत्रकार भावुक डिसी, सेक्यूरिटी कम्पनी सञ्चालक भीम सुवेदी, पर्यटन कार्यालय काठमाडौंमा स्थायी कर्मचारी कृष्ण रेग्मी, शिक्षण पेशामा रहेका कमलेश डिसि, कमल लम्साल लगायतलाई यथावत राखिएको छ ।

जागरण एफ.एम.मा कार्यरत यसकुमार चपाई, बुलबुले एफ.एममा कार्यरत २०७२ सालको अखण्ड मध्यपश्चिमको आन्दोलनमा रिर्पोटिङ्गका क्रममा गोली लागि घाइते भएका पत्रकार आइ.सिंह रोकाया लगायतलाई महासंघको सदस्यता कालागि सिफारिस गरिएको छैन ।’

list-3
पत्रकार महासंघ भित्र गैरपत्रकारहरुको ठूलो उपस्थिति रहेको र गैर सदस्यकै कारण कुशल नेतृत्व छनौट हुन नसकेको आरोप यस अघि पनि लाग्दै आएको थियो । सोही विषयलाई लिएर नेपाल पत्रकार महासंघ काठमाडौंले एक सर्कुलर जारी गर्दै शुद्विकरण अभियान चलाइरहेको छ, जसमा विभिन्न व्यवसाय गरेका, पार्टी राजनीतिमा प्रत्यक्ष संलग्न रहेका व्यक्तिहरुलाई सदस्यबाट हटाउने सर्कुलर गरे बमोजिम सुर्खेत जिल्लाबाट झण्डै आधाकोे संख्यामा सदस्यता लिएकाहरुलाई हटाइएको छ ।

यसै सन्दर्भमा विवादबारे बुझन खोज्दा पत्रकार महासंघ सुर्खेतका सदस्य ललित गाहाले केन्द्रको सर्कुलर बमोजिम जिल्ला महासंघको बैठक बसि एक क्राइटेरिया बनाई निस्क्रिय पत्रकारहरुलाई सदस्यबाट बञ्चित गर्न महासंघ काठमाडौमा सिफारिस गरिएको जानकारी दिए ।

यसैगरि प्रेस युनियन सुर्खेतका सचिव गणेश कार्कीले भने ‘निस्क्रिय पत्रकारलाई हटाउनु राम्रो काम हो तरपनि जुन हिसाबले राजनीतिक प्रतिशोधको आधारमा नामहरु हटाइएको छ, यसलाई साथ दिन सकिदैन ।’ उनले थपे ‘पदमा भएका र नभएका गरि विभेद गरिएको छ । महासंघको विधान सबैकालागि समान हुन्छ, कसैलाई काखा र कसैलाई पाखा गरियो भने हामी आन्दोलनमा उत्रिन्छौं ।’

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले शुद्विकरण अभियान चलाई निस्क्रिय पत्रकारहरुको सदस्यता खारेज गर्न सिफारिस गरेको भन्ने सन्दर्भमा बुझ्न खोज्दा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम संयोजक झलक गैह्रेले सर्वसम्मत रुपमा निर्णय गरि पठाइएको निर्णयहरुलाई खासै छलफल नगरिने भएपनि गम्भिर विवाद उत्पन्न भएमा सो सम्बन्धमा अध्ययन गरिने र दोषी पाइए कारवाही गरिने जानकारी दिए ।

‘यसकालागि कुनैपनि व्यक्ति वा संस्थाले स–प्रमाण उजुरी दिएमा छानविन हुन्छ ।’ जिम्मेवारीमा रहेका र नरहेका बीचमा विभेद गरि हाल जिम्मेवारीमा रहेकालाई शुद्विकरणको नियम लागु नहुने र जिम्मेवारीमा नरहेकालाई मात्र लागु हुने महासंघको निर्णय गलत रहेको बताए । उनले थपे ‘महासंघको विधानले सबैलाई बराबरी देख्छ ।’

नेपाल पत्रकार महासंघको विधानमा सदस्यतामा विवाद उत्पन्न भएमा केन्द्रीय समितिले छानविन गर्नसक्ने उल्लेख गरिएको छ । यसरी छानविन गर्दा योग्यता बमोजिम सदस्य नहुनेलाई सदस्य बनाएको वा योग्यता हुँदाहुदै सदस्य बन्नबाट बञ्चित गरिएको पाइएमा त्यस्ता शाखा वा त्यस कार्यमा संलग्न जिम्मेवार पदाधिकारी वा सदस्य उपर छानविन गर्न सकिनेछ ।

त्यस्तो कारवाहीमा त्यस्तो शाखाको समितिलाई सचेत, निलम्वन, भंग वा कुनै सदस्यको सदस्यता निलम्वन वा समाप्त गर्न सकिनेछ, तर त्यस्तो कुनै प्रकारको निर्णय लिनुअघि सफाइको मौका दिइनेछ भनिएको छ ।

यस्तै कुनै शाखा भंग भएमा केन्द्रीय समितिले तत्काल तदर्थ समिति गठन गरि तीन महिना भित्र दफा १४(१) (क) र (ख) बमोजिमको समिति गठन गरिसक्नुपर्ने छ । निलम्वन गरिएको सदस्यले निलम्वनको अवधिभर नयाँ समिति गठन कालागि भएको चुनावमा उम्मेदवार हुन वा मतदान गर्न पाउने छैन ।

नेपाल पत्रकार महासंघ सुर्खेतको शुद्विकरण अभियान र उत्पन्न विवादका सन्दर्भमा बुझन खोज्दा महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले जिल्लाका महासंघका पूर्व सभापतिहरुको सल्लाह र कार्यसमितिको निर्णय बमोजिम निस्क्रिय पत्रकारहरु पहिचान गरि काठमाडौं पठाइएको स्वीकार गर्दै पत्रकारिता क्षेत्रलाई शुद्विकरण गर्ने अभियानलाई सफल बनाउन सम्बन्धित सबैलाई आग्रह अाजकाे सिद्धदर्शन दैनिकले समाचार प्रकाशीत गरेको छ ।

(पत्रकार महासंघ सुर्खेतले हटाउन सिफारिस गरेका ९० जना पत्रकारहरुको विवरण गणेश आचार्यको फेसबुकबाट साभार गरिएको हो । )