☰ open Loading... 2 May 2024|  

शुद्धिकरणले महासंघ सुर्खेतमा विवाद चर्कियो, शाखामा असन्तुष्टीले गरे तालावन्दी
  | ३ मंसिर २०७३, शुक्रबार १७:०१

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको कार्यालयमा तालावन्दी गरिएको छ । महासंघ सुर्खेतका पदाधिकारीले एकलौटी रुपमा शुद्धिकरणरका नाममा ९० जना पत्रकारलाई हटाउने सिफारिस गरेको भन्दै कार्यालयमा असन्तुष्ट पक्षले तालावन्दी गरेका हुन् ।

talabandi

सदस्यता खारेजी र नयाँ सदस्यता नपाएका पत्रकारहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,–‘हामी ९० जना पत्रकारहरुलाई शुद्धिकरणको नाममा राजनितिक आग्रह तथा पूर्वाग्रह राख्दै सदस्यता खारेजी तथा सञ्चार माध्ययममा क्रियाशिल तथा योग्यता पुगेका सञ्चारकर्मीहरुलाई नयाँ सदस्यताका लागि सिफारिस नगरी एकलौटी तरिकाले राजनितिक दलमा क्रियाशिल केहीलाई यथावत् राखि भिन्न राजनितिक आस्था राख्नेहरुलाई छानिछानी सदस्यता खारेजीको सिफारिस गरिएको हाम्रो घोर आपत्ती छ ।’

महासंघको उक्त निर्णय अविलम्व संसोधन गर्नुपर्ने असन्तुष्ट पत्रकारहरुको माग छ । उनीहरुले बाध्य भएर पत्रकार महासंघको शाखा कार्यालयमा तालावन्दी गरेको र महासंघको उक्त निर्णयलाई संसोधन नगर्दासम्म तालावन्दी जारी रहने विज्ञप्तीमा जनाइएको छ ।

साथै उनीहरुले आफ्ना मागलाई सम्वोधन नगरिए यो भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । महासंघकाे निर्णयप्रति असन्तुष्टि र एकलाैटी निर्णय गरेकाेमा अन्य संघ संगठनले अापत्ती जनाएका थिए ।

प्रेस विज्ञप्ती

श्री अध्यक्ष ज्यू,
नेपाल पत्रकार महासंघ,
जिल्ला शाखा सुर्खेत ।

विषयः ध्यानाकर्षण सम्वन्धमा ।

उपरोक्त सम्वन्धमा, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको मिति २०७३ साल कात्तिक ३० गते बसेको कार्यसमिति वैठकबाट नयाँ सदस्यता वितरण तथा सदस्यता शुद्धिकरणसम्वन्धी भएको निर्णयले हामी ९० जना पत्रकारहरुलाई दुःखी तुल्याएको छ ।
हामी ९० जना पत्रकारहरुलाई शुद्धिकरणको नाममा राजनितिक आग्रह तथा पूर्वाग्रह राखि एकलौटी तरिकाबाट सदस्यता खारेजीका लागि सिफारिस गरिएको र सञ्चार माध्ययममा क्रियाशिल तथा योग्यता पुगेका सञ्चारकर्मीहरुलाई नयाँ सदस्यताका लागि सिफारिस नगरी एकलौटी तरिकाले राजनितिक दलमा क्रियाशिल केहीलाई यथावत् राखि भिन्न राजनितिक आस्था राख्नेहरुलाई छानिछानी सदस्यता खारेजीको सिफारिस गरिएको छ ।

त्यसैगरी नयाँ सदस्यता वितरणका सम्वन्धमासमेत एकलौटी निर्णय भएको छ । तसर्थ, महासंघको उक्त निर्णय अविलम्व संसोधन गर्नुपर्ने हाम्रो माग हो ।

हामीले बाध्य भएर पत्रकार महासंघको शाखा कार्यालयमा तालावन्दी गरेका छौँ । महासंघको उक्त निर्णयलाई संसोधन नगर्दासम्म तालावन्दी जारी रहने जानकारी गराउँछौँ । यदि हाम्रा यी मागलाई सम्वोधन नगरिए यो भन्दा कडा आन्दोलन गर्न बाध्य हुने जानकारी गराउँदछौँ ।

सदस्यता खारेजीको सिफारिस गरिएका

सदस्यता नभएका क्रियाशिल पत्रकारहरु ।

बोधार्थः नेपाल पत्रकार महासंघ, म.प. क्षेत्रीय समिति ।
नेपाल पत्रकार महासंघ, केन्द्रिय समितिको कार्यालय, काठमाण्डौँ ।