☰ open Loading... 26 September 2023|  

अधिकारी र केसी जेसीज वर्ष २०१६ बाट सम्मानित
  |

वीरेन्द्रनगर जेसीज सुर्खेतले जेसीव वर्ष २०१६ मा उत्कृष्ट काम गर्ने दुईजनालाई सम्मानित गरेको छ । जेसीजले गरेको सम्मान पाउनेमा सालकोटका गाविस सचिव तिलक राम अधिकारी र वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ सामाजिक शाखा प्रमुख ज्योती केशी छन् ।

sammanit

समाजिक क्षेत्रमा महत्वपूर्ण याेगदान पुर्याएकाे भन्दै वीरेन्द्रनगर जेसीजले जेसीज वर्ष २०१६ बाट उत्कृष्ट व्यक्ती घाेषित गरेकाे हाे ।  उनीहरुलाई जेसीज सप्ताह २०७३ को समापन कार्यक्रममा सम्मानित गरेको थियाे । विविध कार्यक्रम गर्दै सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको वीरेन्द्रनगर जेसीजले अन्तिम दिन शनिबार वीरेन्द्रनगरका एकल नृत्य प्रतियोगिताको आयोजना गरेको थियो ।

pp2

सुर्खेत जिल्ला अदालतका सुर्खेतका मुख्यन्यायधीस कैलासप्रसाद सुवेदीले उद्घाटन गरेको समापन कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष सम्भु पन्त, वीरेन्द्रनगर जेसीजका अध्यक्ष भीम खत्री, सुर्खेत महिला जेसीज वर्ष २०१६ का अध्यक्ष प्रतिमा मल्लाह लगायतको उपस्थिती थियो ।

!-- .entry-content -->