☰ open Loading... 30 May 2024|  

२३ किलाे चरेस बरामद
  | ५ मंसिर २०७३, आईतवार १२:१२

धनगढी उपमहानगरपालिका– ५ जाई गाउँबाट अाइतबार बिहान प्रहरीले बेवारिसे अवस्थाको २३ किलो चरेस बरामद गरेको छ । जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चरेस लुकाएको व्यक्तिको पहिचान हुन नसकेको र निजको खोजतलासका प्रहरी परिचालन गरिएको बताइएको छ