☰ open Loading... 24 April 2024|  

अटो मेकानिक्स वीरेन्द्रनगरको अध्यक्षमा घर्ती
  | ५ मंसिर २०७३, आईतवार १४:५२

bhupendraनेपाल अटो मेकानिक्स ट्रेड युनियन (जिफन्ट) वीरेन्द्रनगर सुर्खेतले नयाँ कार्यसमिति चयन गरेको छ । टे«ड युनियनको भेलाले भुपेन्द्र घर्तीमगरको अध्यक्षतामा वीरेन्द्रनगरको नयाँ कार्य समिति चयन गरेको हो ।

युनियनको उपाध्यक्षमा गुरुङ राई, सचिवमा बिशाल थापामगर चयन भएका छन् । यस्तै सदस्यहरुमा मुक्ति श्रेष्ठ, धर्म विक, शादिक अलिसा र अम्मर राई छन् ।

वीरेन्द्रनगरमा छरिएर रहेका श्रमिकहरुलाई छातामा ल्याएर उनीहरुका समस्यालाई समाधान गर्ने उदेश्यले टे«ड युनियनको नगर कार्यसमिति चयन गरिएको हो ।

वीरेन्द्रनगर ट्रेड युनियनका नवनिर्वाचित अध्यक्ष भुपेन्द्र घर्तीमगरका अनुसार सुर्खेतमा ६५ जना अटो मेकानिक्सहरु छन् ।

केही समयमै टे«ड युनियनलाई भेरीगंगा नगरपालिकामा पनि विस्तार गर्ने योजना रहेको अध्यक्ष घर्तीमगरले जानकारी दिए ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियन (जिफन्ट) सुर्खेतका अध्यक्ष मिजन अन्सारीको अध्यक्षतामा भएको भेलामा जिफन्ट ६ नम्बर प्रदेशका संयोजक कमल गौतम लगायतको उपस्थिती थियो ।