☰ open Loading... 19 April 2024|  

जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुँदै
  | ६ मंसिर २०७३, सोमबार १०:४९

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।  जोगबुढा नदीपारिको कुत्तियाकरभर क्षेत्रलाई जोडनका लागि झन्डै रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण हुने भएको हो । सो पुल निर्माणको जिम्मा बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुरले पाएको छ ।

प्रालिका कार्यकारी निर्देशक तिर्खाराम खड्काका अनुसार पुल निर्माणको कार्य १५ महिनाभित्रै पूरा गरिने छ । महाकाली नदी र जोगबुढा नदीले घेरिएको कुत्तियाकरभरका ४० बढी परिवार पुल नहुँदा डुङ्गामा जोखिम पूर्ण यात्रा गर्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पुल निर्माण गर्ने प्रतिबद्धता गरे बमोजिम पुल बन्न लागेको बताइएको छ ।