☰ open Loading... 18 May 2024|  

जाजरकोट अस्पतालमा आधुनिक डेन्टल सेवा सुरु
  | ६ मंसिर २०७३, सोमबार १३:५४

यहाँको जिल्ला जनस्वास्थ्य कार्यालयले आधुनिक डेन्टल सेवा सुरु गरेको छ । दाँतसम्बन्धी सबैखालका समस्या समाधान हुने कार्यालयका निमित्त प्रमुख चाँदनी जैसवालले बताए ।

सो सेवाका लागि आवश्यक आधुनिक उपकरण जुटाइएको छ । यसअघि कार्यालयमा सामान्य खालको दन्तसेवा मात्र उपलब्ध थियो ।

आज यहाँ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको दाँतको उपचारसंगै सेवा सञ्चालन गरिएको हो । डेन्टल सेवा सञ्चालन गर्न विद्युत् नियमित आवश्यक पर्ने भएकाले लोडसेडिङका कारण चौबीसै घन्टा सेवा सञ्चालन गर्न नसकिने निमित्त प्रमुख जैसवालले बताए ।

jajarkot-hospital

भिडियो एक्स–रे, अन्य उपकरण सञ्चालनका लागि अधिक विद्युत चाहिने हुँदा जेनेरेटरको प्रयोग बढी खर्चिलो हुने भएकाले समस्या पर्नेे उनको भनाइ छ । साेमबारदेखि सञ्चालन भएको यो सेवा निरन्तरता दिन सके जिल्लावासीका लागि निकै ठूलो राहत हुने प्रमुख जिल्ला अधिकारी गौतमले बताए । यो सेवा नहुँदा बिरामीले नेपालगन्ज र रुकुमको चौरहारी धाउनु पथ्र्यो ।

१२खरीबाट