☰ open Loading... 7 September 2024|  

सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका सात पक्राउ
  | ७ मंसिर २०७३, मंगलवार १४:३५

सीमाकंनप्रति असन्तुष्टी जनाउँदै अान्दाेलनमा उत्रिएका मुगुका सात जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । संघर्ष समितीका संयोजक दान बहादुर शाही, धर्मराज शाही, देविलाल मल्ल, राजेन्द्र बहादुर शाही, जय बहादुर शाही लगायत ७ जना रहेकाे प्रहरीकाे भनाइ छ ।

दैनिक मुगुकाे सदरमुकाम गमगढीमा भइरहेकाे अान्दाेलनले उग्र रूप लिन थालेपछि उनीहरूलाइ नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मुगुका नायव उपरीक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए । उनले दिउसाे अप्रिय घटना हुन सक्ने भन्दै साँझ मात्रै छाडीने बताए ।

mugu-andolan

रारा गाउँपालिकाको माग गदै  ६ नम्बर ईलाकाका रारा, कालै र धैनकोट गाउँ बिकास समितीका स्थानिय बासिन्दाले ३ गाविसलाई एक गाउँपालिका बनाउनुपर्ने माग राख्दै अन्दाेलनमा उत्रिएका छन् । २ हप्ता देखी सदरमुकाममा प्रदर्शन गर्दै आएका स्थानिय बासिन्दा र प्रहरी बिच साेमबार झडप हुदा १२ जना घाइते भएका थिए ।

९ वटा ईलाकाहरु रहेको मुगु जिल्लालाई ३ गाउँपालिका र १ नगरपालिका बनाउने खाका स्थानिय निकाय पुनर्संरचना आयोगमा सिफारिस गरेपछि रारा, कालै धैनकोट गाविसका स्थानिय बासिन्दा आन्दोलन्मा उत्रिएका हुन् ।