☰ open Loading... 17 April 2024|  

कृषकलाई साइकल वितरण
  | ७ मंसिर २०७३, मंगलवार १५:५९

तरकारी गर्ने कृषकहरुलाई साइकल वितरण गरिएको छ । वीरेन्द्रनगरमा यु.एस.ए.एस.आईडीको किसान परियोजना अन्तर्गत बाबु एण्ड शाही सब्जी मण्डीको सहयोगमा स्थानीय तरकारी व्यापारीहरुलाई साइकल वितरण गरिएको हो ।

cycle
साइकल पाउँदा स्थानीय व्यापारी खुसी भएका छन् । परियोजनाले वीरेन्द्रनगरमा डोकोमा तरकारी विक्री गर्ने २५ जना कृषकहरुलाई साइकल वितरण गरिएको थियो । कृषकहरुको आय आर्जन बढाउनले उद्देश्यका साथ साइकल अनुदानमा दिइएको यु.एस.ए.एस.आइका बरिष्ठ कृषि बजार प्रबन्धक अजयनन्द वर्जचार्य बताए ।

पछिल्लो समय महिलाहरु तरकारी खेतीमा बढी आर्कषित देखिएको उनले बताए । कृषकहरुलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यका यु.एस.ए.एस.आईले मुलुकका ३९ ओटा जिल्लामा किसान परियोजना कार्यक्रम संचालन भएको उनले जानकारी दिए । साथै स्थानीय कृषकहरुले उत्पादन गरेका बस्तुहरु साइकलबाट बजारीकरण गर्ने सजिलो हुने उनको भनाई छ ।