☰ open Loading... 5 May 2024|  

पहिरोको उच्च जोखिममा दलित बस्ती
  | ८ मंसिर २०७३, बुधबार ११:०४

डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं १ मा रहेको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । ४० घरधुरी रहेको सो बस्तीको तल पर्ने छलगाड खोलाले बर्सेनि दश मिटरभन्दा धेरै दायाँबायाँ क्षयीकरण बढाउँदै गएकाले जोखिममा परको स्थानीयवासी तुलबहादुर सार्कीले बताएका छन् ।

जोेखिम बढ्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । रोकथामका लागि सम्बन्धित निकायमा आग्रह ग¥यौँ तर कुनै निकायबाट सुनुवाइ भएन स्थानीयवासी मनबहादुर सार्कीले बताए ।

यहाँका दलित समुदाय विभिन्न किसिमका संस्कारबाट हेपिएका छन्, राज्यले पनि ग्रामीण भेगमा कष्टकर जीवन बिताइरहेका दलितका समुदायका आवाजको पनि उचित सम्बोधन गर्न सकेको छैन, हाम्रा पीडा कसले पो सुन्लान् र ? मार्मिक हुँदै सार्कीले भने ।

नदी कटान बढ्दै गएपछि हरेक वर्ष जोखिम थपिँदै गएकाले जोखिम न्यूनीकरणका लागि स्थानीयवासीले सम्बन्धित निकायमा आग्रहसमेत गरेका छन् ।