☰ open Loading... 12 April 2024|  

दुर्घटनामा परी एक महिलाको मृत्यु
  | ८ मंसिर २०७३, बुधबार १७:४०

तौलिहवा जितपुर सडकखण्डको जहदी चौकमा स्कुटर दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु २९ प ५७ नम्बरको स्कुटी चालक प्यूठान जिल्ला खलङ्गा–२ की २८ वर्षीय शान्ति रोक्कामगर रहेको प्रहरीले जनाएको छ ।

अत्याधिक गतिका कारण जहदीचोक नजिकैको मोडमा स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो ।