☰ open Loading... 27 September 2023|  

विद्यालय पढ्न गएको छोरो फर्किएन, आफन्त चिन्तित
  |

बर्दियाको ढोढरी गाविस ४ धनौरा गाउँका एक वालक चार दिन देखि काठमाण्डौँ बालुवाटारबाट बेपत्ता भएपछि बाउआमा पिरलोमा परेका छन् ।

डेरागरी बस्दै आएका काठमाण्डौँ बालुवाटार उपहारमार्गबाट मंसिर ६ गते बिहान साढे ९ बजे विद्यालय पढन निस्केका १४ वर्षिय युरोप शाह (साशोत) बेपत्ता भएपछि बाउआमा पिरलोमा परेका हुन् ।

bardia

युनिर्भसल बोडिङ्ग स्कुल बालुवाटारमा ८ कक्षामा अध्ययनरत वालक विद्यालय पढन निस्किएपछि विद्यालय पनि नगई अहिलेसम्म फर्केर नआएको आमा सरस्वती शाहले बताए ।

गँहुगोरो वर्णका आकाशे रंगको सर्ट, ग्रेकलरको पाइन्ट, कालोस्वेटर र कालो जुत्ता लगाएका बालक अझैँ सम्म सम्पर्कमा आएका छैनन् । छोरा अहिलेसम्म सम्पर्कमा नआएपछि घरपरिवारमा चिन्ता बढेको छ ।

“काठमाण्डौँ, छिमेकी गाँउ आफन्तजन सबै ठाँउमा समेत खोजी गरीसकेँ, केही पत्ता लागेको छैन, विहान देखि वेलुका सम्म छोराकै खोजीमा दौडीएको छु, साँझपख घरमा छोरीले छोध्छीन, आफन्त साथीभाईहरुले छोराको बारेमा सोधेर हैरान पारेका छन्, म कसरी खोजुँ, छोरालाई कसैले केही गरीदियो कि ।” आमा सरस्वतीले रुँदै भनिन् ।

चार दिन देखि छोरा सम्पर्क विहिन भएपछि आमा सरस्वतीले छोरो अझैँ फर्किएन, खोजी गरीदिन प्रहरी, संचारकर्मी सहित सबैसंग आफन्तले आग्रह गरेका छन् ।

!-- .entry-content -->