☰ open Loading... 18 April 2024|  

क्यान्सर पीडित रोकाको उपचार खर्च पूर्व गृहमन्त्री खड्काले व्यहोर्ने
  | १० मंसिर २०७३, शुक्रबार १८:१०

अप्रेशनका लागि शुक्रबार काठमाडौं लगियो

nara-bdr-roka-1

आर्थिक अभावले त्रिपालमै थलिएका क्यान्सर पीडित नरबहादुर रोकाको उपचार खर्च पूर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर १ का सासंद पूर्णबहादुर खड्काले व्यहाेर्ने भएका छन् । बायाँ खुट्टा क्यान्सर भएर काटेर थलिएका रोकाको दायाँ खुट्टा पनि काट्नु पर्ने सल्लाह मध्यपश्चिम क्षेत्रीय अस्पतालले दिएपछि उनको थप उपचार खर्च बोहोर्ने गरी पूर्व गृहमन्त्री खड्काको पहलमा काठमाडौं शुक्रबार नै लगिएको हो ।

nara-bdr-roka-2

पश्चिमनेपाल डटकमले समाचार प्रकाशन गरेपछि नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका खड्काले रोकाको सवै उपचार खर्च आफूले ब्यहाेर्ने प्रतिवद्धता जनाएका थिए ।

bishnu-khadka

पश्चिमनेपाल डटकमले उपचार अभावले त्रिपालमै थलिए नरबहादुर शिर्षकको समाचारमा कमेन्ट गर्दै खड्काले लेखका छन्,–‘हामी जनप्रतिनिधिका लागि सर्मनाक सन्देश ? तत्काल उपचारका लागि कृयाशिल भई उपचारको ब्यबस्था गर्ने बचनबद्धता ।’

nara-bdr-roka-3

समाचार सार्वजनिक भएको २४ घण्टा वित्न नपाउँदै खड्काको पहलमा क्यान्सर पीडित विस्थापित नरबहादुरलाई माया नर्सिङ्ग होमका सञ्चालक विष्णु खड्काले थप उपचारका लागि काठमाडौं पठाएका हुन् ।

nara-bdr-roka-4

रोकालाई काठमाडौंमा रहेको वीर अस्पतालमा उपचार गर्नेगरी शुक्रबार साँझ नै काठमाडौं पठाइएको माया नर्सिङ्ग होमका सञ्चालक विष्णु खड्काले जानकारी दिए ।

nara-bdr-roka-5

‘माननीयले गर्नुभएको गुन कहिल्यै भुल्य छैनौं’ नरबहादुरका श्रीमती सीता रोकाले भनिन्,–‘हामी दिन दुखीको कोही थिएन्, उपचारपछि परिवारले बोक्नु पर्ने बोझ काम हुनेभयो ।’

२०७१ साल साउन २८ र २९ गतेको इत्राम खोलाको बाढीले विस्थापित बनेका ५१ वर्षीय नरबहादुर उपचार खर्चको अभावमा वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा रहेको शिविरमा थलिएका थिए ।

तलव कटाएर अार्थिक सहयोग

यसैविच, क्यान्सर पीडित नरबहादुरलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतका कर्मचारीहरुले आफ्नो तलवबाट रकम कटाएरु सहयोग गरेका छन् । कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको नेतृत्वमा नरबहादुरका श्रीमति सीता रोकायलाई चार हजार ६ सय रकम हस्तान्तरण गरेका थिए ।

paudel

अधिकृत पौडेलले नरबहादुरका सन्तानलाई पढ्ने व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।