☰ open Loading... 30 May 2024|  

पत्रकार बोहराको निधन
  | १० मंसिर २०७३, शुक्रबार १९:०४

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको आज आकस्मिक निधन भएको छ । केही दिनदेखि मध्यबानेश्वरस्थित भेनस अस्पतालमा मिर्गाैला रोग लागी उपचाररत आफ्नी श्रीमती ममताको कुरुवा बस्दै आएकी बोहोराको ४० वर्षका उमेरमा शुक्रबार निधन भएको अस्पतालले जनाएको छ ।

bohora

बझाङ, स्याँडी गाविसमा जन्मिएएका बोहोरा ‘रेडियो पश्चिमाञ्चल नेपाल’का सञ्चालक, ‘न्युज २४’ पश्चिमाञ्चल ब्युरो प्रमुख एवम् प्रेस चौतारी नेपालका जिल्ला शाखा संस्थापक समेत थिए ।

हाल भीमदत्त नगरपालिका कञ्चनपुरमा बस्दै आउएका बोहोराले केही समयदेखि मुटुको उपचार गराउँदै आउएका थिए । उनको निधनपछि अस्पतालमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायत पुगेका थिए ।