☰ open Loading... 26 September 2023|  

मापसे उजुरी धेरै
  |

जिल्लामा हुने लैङ्गिक हिंसाका उजुरीमध्ये अधिकांश मिला पत्रमै टुङ्गिने गरेको देखिएको छ ।  चालु आवको कात्तिक मसान्तसम्म दर्ता भएका ४८ लैङ्गिक हिंसाका उजुरीमध्ये ४१ उजुरी मिलापत्रमै टुङ्गिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

दर्ता भएका लैङ्गिक हिंसाका उजुरीमध्ये निवेदन दिएर सम्पर्कमा नआएका, पीडक फरार रहेका तथा निवेदन दिएर गाउँमै मिलापत्र गरेका सात निवेदनमात्रै किनारा लाग्न बाँकी रहेको महिला सेलका प्रहरी जवान रीता चौधरीले बताए  ।

लैङ्गिक हिंसाका निवेदनमध्ये अधिकांश मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने तथा गालीगलोज रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सदरमुकाम लिवाङ आसपासका धवाङ, खुमेल, कोटगाउँ लगायत गाविसवाट यस्ता निवेदन दिनेको सङ्ख्या बढी हुने गरेको देखिएको छ ।

चाडपर्व तथा सामाजिक कार्यमा मापसे अनिवार्य हुने भएका कारण मगर समुदायका महिला लैङ्गिक हिंसामा बढी परेको जिल्ला प्रहरी कार्यालयको अभिलेखले पुष्टि गरेको छ । रासस

!-- .entry-content -->