☰ open Loading... 4 May 2024|  

नेकपा मार्क्सवादीका अध्यक्ष माधव ज्ञवालीको निधन
  | ११ मंसिर २०७३, शनिबार ११:२८

maks

नेकपा मार्क्सवादीका अध्यक्ष माधव ज्ञवालीको निधन भएको छ ।  लामो समयदेखि मृगौला र मुटु रोगको समस्याबाट पीडित ८१ वर्षीय ज्ञवालीको शुक्रबार राति उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा निधन भएको हो ।

उनको केहीदिन अघि भारतको लखनउमा उपचार गरिएको थियो ।  ज्ञवालीको पार्थिव शरीर शनिबार दिउँसो राप्ति नदीमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।  ज्ञवाली वामपन्थी आन्दोलनमा लामो समयदेखि सक्रिय थिए । पश्चिम नेपालमा वि.सं. २०४९ मा माले, माक्र्सवादीको एकीकरणपछि असन्तुष्ट उनी लगायतले नेकपा मार्क्सवादी पुनर्गठन गरेका थिए ।