☰ open Loading... 1 May 2024|  

बिजुली र मेसिनले फेरियाे आरन व्यवसायकाे स्वरूप
  | ११ मंसिर २०७३, शनिबार १४:४९

फलामको भाँडा, कृषि औजार तथा हात हतियार बनाउन गाउँ घरम आरनकै भर पर्नु पर्छ । पछिल्लो समय उद्योगमा बनेका सामग्रीको प्रयोग बढे पनि ग्रामीण क्षेत्रमा भने आरनकै भर छ । परम्परागत रुपमा कामी समुदायले गर्दै आएको आरन व्यवसाय भने संकटमा पर्दै गएको छ ।

मेहनत बढी कमाई कम भएपछि पुर्ख्यौली आरन व्यवसाय छोडेर कामी समुदायका युवा अरु नै काममा लागेका छन् । परम्परागत आरनलाई प्रविधि अनुकुल बनाउने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, दैलेखको बेलपाटा–२ मटेलाका गगनबहादुर कामी । गगन बहादुरले आरनबाटै राम्रो आम्दानी गर्नु सफल भएका छन् ।

aaran
बेलपाटा–२ मटेलामा बिजुली पुगेको छ । त्यही बिजुलीको सहायताले चल्ने ग्रेण्डर मेसिन चलाएर गगनबहादुर आरनमा नयाँ नयाँ औजार बनाउने, त्यसमा चमक दिने गर्छन ।

नयाँ तरिकाले आधुनिक आरन चलाउने थालेपछि उहाँलाई सजिलो भएको छ भने आम्दानी पनि बढेको छ । उनले कृषि औजारसँगै खुकुरी, चुलेसी, दाप, खुँडा जस्ता नयाँ सामग्री बनाउदै अाएका छन् । उनले बनाएका औजारले राम्रो मूल्य पाउने गरेका छन् । उनको कलाले अहिले व्यावसायिक रुप लिएको छ ।

उनको आरन व्यवसायलाई आधुनिक बनाउन विभिन्न निकालयले निकायले सहयोग गर्दै आएका छन् । घरेलु तथा साना उद्योग विकास समितिले एक हर्ज पावरको ग्रेण्डर मेसिन सित्तैमा दिएको छ ।

ग्रेण्डर मेसिन पाएपछि उनले बनाउने औजार तथा सामग्रीमा धार निकाल्न र चमक निकाल्न निकै सजिलो भएको छ । उनलाई लघु उद्यम विकास कार्यक्रमले सहयोग गरेको छ । बिजुलीबाट चल्ने ग्राण्डर मेसिनले छिटो, सहज र सफा हुने गरेको छ ।

आफू जानेको कुरा सिकाउन दैलेखसहित सल्यान, सुर्खेत, रुकुम, दाङ्ग, बझाङ्ग, बाजुरा, डोटी, अछाम लगायतका जिल्लामा पुगेका थिए । अहिले आफ्नो कमाइ राम्रो रहेको उहाँको भनाई छ । उहाँले अहिले घरमै बसेर काम गर्दा महिनाको २० हजार जति आम्दानी गर्छन ।

उनले भने‘यही आम्दानीबाट घर खर्च चलाउनेदेखि ५ छोराछोरीलाई पढाई लेखाई गराउन सहज भएको छ, सबैतिर पौरखी व्यक्ति भनेर प्रशंसा पाउँदा पेशालाई निरन्तरता र जान्न चाहनेलाई सिकाउन पनि जाँगर पनि थपेको छ ।’

स्राेत उज्यालाे