☰ open Loading... 1 May 2024|  

बरिष्ठ निर्माण व्यवसायी डा. सूर्यबहादुर खड्का सम्मानित
  | ११ मंसिर २०७३, शनिबार १६:०९

पराश्वर गोत्रीय खड्का समाज वीरेन्द्रनगर-६ सुर्खेतले बरिष्ठ निर्माण व्यवसायी डा. सूर्यबहादुर खड्कासहित तीन जनालाई सम्मानित गरेको छ । निर्माण व्यवसायीकाे रुपमा स्थापित खड्काले शैक्षिक क्षेत्रबाट पिएचडी गरेर पराश्वर गोत्रीय परिवारको नाम उच्च राखेको भन्दै समाजकाे साधारण सभामा सम्मानित गरेको हो ।

यस्तै, खड्का समाजको हितमा योगदान पु¥याएकोमा गमौडीका छेत्रबहादुर खड्का र जेष्ठ नागरिक छिउडी पुसाकोट–४ मेलाका तुला खड्का पनि सम्मानित भएका छन् ।

dr-surya-bdr-khadka

समाजको शनिबार सम्पन्न साधारण सभाले टेकबहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको अध्यक्षमा टेकबहादुर खड्का, उपाध्यक्षमा मदन खड्का, सचिवमा भिम खड्का, सह–सचिवमा विष्णु देवी खड्का र कोषाध्यक्षमा पृर्थबहादुर खड्का चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा उपेन्द्र खड्का, सुणा खड्का, चक्र खड्का, शान्ता खड्का, प्रेम खड्का र शान्तादेवी खड्का छन् । सल्लाहकार समितिमा डा. सूर्यबहादुर खड्का, छेत्रबहादुर खड्का, भक्तबहादुर खड्का, मणिराम खड्का, लछिराम खड्का र परशुराम खड्का छन् । यस्तै, लेखा समितिमा भने खड्क बहादुर खड्का, चक्रबहादुर खड्का र रमेश खड्का छन् ।

साधारण सभाको उद्घाटन सत्रमा तदर्थ समितिका कोषाध्यक्ष पृर्थबहादुर खड्काले आयव्यय विवरण सार्वजनिक गरेका थिए । कोषाध्यक्ष खड्काका अनुसार चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म संस्थाले १० लाख ४७ हजार ८९ रुपयाँ आम्दानी र ५३ हजार १५५ रुपैयाँ खर्च भएको छ ।

समाजको आगामी आर्थिक वर्षमा १ लाख ७१ हजार आम्दानी र १ लाख १६ हजार ६ सय रुपैयाँ खर्च गर्ने प्रस्तावित कार्यक्रम रहेको उनले जानकारी दिए ।

दैलेखको गमौडी, कालभैरव र छिउडी पुसाकोटबाट सुर्खेत बस्दै आएका पराश्वर गोत्रीय खड्काहरुलाई एकवद्ध गर्न २०५६ सालमा समाजको स्थापना गरिएको थियो । सुर्खेतमा हाल एक सय बढी घरधुरी पराश्वर गोत्रीय खड्का परिवारका छन ।