☰ open Loading... 21 May 2024|  

प्रदेश ५ बाट छुट्टाउने प्रस्तावकाे विराेधमा राेल्पाली महिला जाग्दै
  | ११ मंसिर २०७३, शनिबार १७:५३

५ नं. प्रदेश बाट रोल्पा लगायत केहि पहाडी जिल्ला छुट्टाउने सरकारको प्रस्ताबको बिरोधमा शनिबार रोल्पाली महिलाहरु सडकमा उर्तिएका छन् । ५ नं. प्रदेश टुक्राउन पाईदैन्, संघियता मर्म बिपरितका हर्कत बन्द गर, हाम्रा माग सम्बोधन गर लगायतका नारा लगाउर्दै ¥याली सहित बजार परिक्रम गरेका थिए ।

rolapa

¥याली लगतै सभालाई सम्बोधन गर्दै आन्दोलन कार्यक्रमका संयोजक तथा नेकपा माओबादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीले ५ नं. प्रदेश छुट्टाउने बिषयमा सरकार पछि हट्नु पर्ने बताए । आफ्नो पाटी सरकारमा भए पनि यो सन्र्दभमा माओबादीका रोल्पाली नेताहरु र जिल्ला बाट सम्भीर भएको उनको भनाई छ ।

रोल्पाली जनतालाई काँचको भाडाको सज्ञा दिदै उनले रोल्पालीहरु उठ्दै उठ्दैन्न् उठे पछि के हुन्छ दुनियालाई राम्रोसँग थाहा छ । पाटी केन्द्रले जस्तो सुकै निर्णय गरे पनि आफुहरु आन्दोलन बाट पछि नहट्ने प्रतिबध्ता ब्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्र्दै अखिल नेपाल महिला संघ रोल्पाका अध्यक्ष ईश्वरी जि.एमले सरकारले आफुहरुलाई बल जबरबस्ती छुट्टउने प्रयास गरे सशक्त आन्दोलनको आदिबेरी ल्यान महिलाहरु पनि पछि नपर्ने बताइन ।

साता ब्यापी बिरोध प्रर्दशण कार्यक्रम अन्तरगत आईतबार बिहान ८ बजे देखि केहि घण्टा चक्काजाम गर्ने कार्यक्रम रहेको आन्दोलन समितिका सदस्य सचिब महेश न्यौपानेले जानकारी दिए ।