☰ open Loading... 17 April 2024|  

जन्ती बाेकेकाे जिप उजलीगाउँमा दुर्घटना, २ काे मृत्यु
  | १२ मंसिर २०७३, आईतवार ०८:१७

डोटीको लाटामाडौं गाविसको उजली गाउँमा भएको जिप दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ । कपल्लेकी गाविसबाट जन्ती लिएर हिँडेको जिप हिजो राती उजलीगाउँमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा लाटामाडौं गाविसका बिरी ताम्राकार र जिजोडामाडौंका गौरी शंकर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा २० जना घाईते भएका छन् ।

doti-acidant

घाईते मध्ये २ जनाको अबस्था गम्भीर रहेको छ । गम्भीर घाईते हुनेहरुमा लाटामाडौंका सुरेस कुँवरलाई यहाँ उपचार हुन नसकेपछि भारतको बरेली रिफर गरिएको छ । जिजौडामाडौं ७ का तारा नेपालीको पदमा अस्पताल अत्तरियामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक डिल्लीराज बिष्टले जानकारी दिए ।

हिजो साँझ ७ बजेतिर उग्रतारा यातायातको से१ज ७४७ नम्बरको जन्ती बोकेको जीप लाटामाडौँको उजेली गाउँ नजिकैको देवल भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका लाटामाडौँ गाविसको वडा नं। २ का ३० वर्षीय बिरी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको छ भने जिजोडामाण्डौँ ८ का गोरीशंकर नेपालीको उपचारकै क्रममा पद्मा अस्पताल अत्तरियामा मृत्यु भएको हो ।

गम्भिर घाईते हुनेहरुमा लाटामाण्डौँ २ का १२ वर्षीय बालक सुरेश कुँवर, लाटामाण्डौँ २ का ३२ वर्षीय लोक रावल र ठेगाना नखुलेका तारा सिंह नेपाली रहेका छन् । सुरेश कुँवरलाई बरेली रेफर गरिएको छ । घाईते मध्ये १० जनाको उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ भने ८ जनाको सुजङ अस्पताल डोटीमा उपचार भईरहेको छ ।

स्राेत राताेपाटी