☰ open Loading... 12 April 2024|  

दुर्घटना एक महिलाको मृत्यु
  | १२ मंसिर २०७३, आईतवार १७:३६

दाङमा अाइतबार भएकाे सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ । दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पश्चिमबाट तुलसीपुर आउँदै गरेको लु२च ८१७ नंको ट्याक्टर र सोही दिशाबाट आउँदै गरेको रा३प १२६८ नंको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

ट्याक्टरले ठक्कर दिएको हो वा कसरी दुर्घटना भएको भन्ने यकिन हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टाउकामा गम्भीर चोट लागेकी केसीको उपचारका क्रममा मृत्यु भएको हो ।