☰ open Loading... 10 September 2024|  

स्वास्थ्यमा खेलवाड, म्याद सकिएको खाद्यान्न गाउँमा
  | १२ मंसिर २०७३, आईतवार १७:४४

म्याद सकिएका खाद्य वस्तु बझाङ जिल्लाका ग्रामीण भेगमा ढुवानी गरिने गरेको भेटिएको छ । सदरमुकाम चैनपुर बजार, तमैल बजार, भाँडे बजार, मोरी बगर बजार, बागथला, झनाना, देउरा, लगायतका अन्य स्थानीय बजारबाट ग्रामीण भेगमा म्याद सकिएका सामानहरु जाने गरेको पाइएको हो ।

khayadayanna-3

प्रभावकारी बजार अनुगमन नहुँदा र जिल्लाका केही व्यापारीका कारण म्याद सकिएका अखाद्य वस्तु ग्रामीण भेगमा ढुवानी हुने गरेको नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताए ।

भारतका विभिन्न बजार तथा नेपालगञ्ज, धनगढी, कन्चनपुरबाट आउने खाद्यान्न म्याद समाप्त हुन लाग्दा बझाङ जिल्ला तथा सुदूरपश्चिमका पहाडी जिल्लामा पठाउने गरेको पाइएको छ ।

सिंहका अनुसार बझाङ जिल्लामा बढी जस्तो अखाद्य वस्तु भित्रिने गरेको छ । आफूहरु अनपढ भएका कारणले स्थानीय व्यापारीले अखाद्य वस्तु बिक्री गर्ने गरेको सैनपसेला गाविस वडा नम्बर–४ की धनसरी कठायतले बताए ।

१२ महिना काम गरेर तीन महिना मात्र खान पुग्ने भएका कारण बाँकी रहेका नौ महिना स्थानीय बजारबाट बेसाएर खानु पर्ने उनकाे भनाइर्ले छ । स्थानीय बजारमा प्रभावकारी अनुगमन नहुँदा अखाद्य वस्तुहरु गाउँका साना पसल तथा ग्रामीण भेगका नागरिकलाई विक्री गर्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले सदरमुकाम चैनपुर बजारमा अनुगमन भएको र अब देखि जिल्लामा रहेका सबै स्थानीय बजारमा अनुमगन गरिने बताए ।

स्राेत उज्यालाे अनलाइन