☰ open Loading... 30 May 2024|  

अाधा दिन गरिएकाे राेल्पा बन्द खुल्याे
  | १३ मंसिर २०७३, सोमबार १२:१५

संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले साेमबार गरीकाे आधा दिन जिल्ला बन्द खुलेकाे छ ।

यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन् ।

सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन गुडेका थिएनन् भने बजार,  होटल, विद्यालय र उद्योगधन्दा पनि ठप्प रहेका थिए । रोल्पालाई टुक्र्याउन नदिन सप्ताहव्यापी आन्दोलन गरिएको अखण्ड ५ नम्बर प्रदेश सरोकार समितिका सदस्य सचिव महेश न्यौपाने जानकारी दिए  ।

आन्दोलनकारीको माग नसुनी जबर्जस्ती गर्न खोजिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने सरोकार समितिले बताएको छ । समितिले साेमबार अाधा दिने बन्द फिर्ता लिएपनि चरणबन्द अान्दाेलनका कार्यक्रमहरू जारी रहेकाे बताएकाे छ ।