☰ open Loading... 3 May 2024|  

“अटो रिक्सा आया, हामीकन सुकाया”
  | १३ मंसिर २०७३, सोमबार १३:१८

विगत १० वर्षदेखि सञ्चालनमा रहेका ठेला रिक्सा चालकको पेशा संकटमा पर्दै गएको छ । अटो रिक्सा सञ्चालनमा आएपछि उनीहरुको पेशालाई संकट बनाएको हो । सुर्खेतको विरेन्द्रनगरमा ठेला रिक्सा चालकहरुले यात्रु सामान सबै अटो रिक्साले बोक्न थालेपछि ठेला रिक्सा चालकहरु चोकचोकामा दिनभरि झिंगा हाक्दै बसेका छन् ।

यात्रुको खोजीमा भौतारियका वीरेन्द्रनगर शान्तिटोल ६ सुर्खेतका ५० वर्षका नरहबहादुर सुनारको ६ परिवार छन् । उनको आय स्रोतको माध्यम त्यही रिक्सा हो । ‘टेम्पो सञ्चालन नहुँदा दिनमा १ हजार ५ सय रुपैयाँसम्म दिनमा कमाई हुन्थ्यो । त्यसको टेम्पोले आधा भाग लिइसकेको थियो ।

riksa-news
फेरि अर्टो रिक्सा सञ्चालन भएपछि त हाम्रो पेशा नै बर्बाद पारि दिएको छ’ सुनारले भने । उनले छोरा छोरीलाई स्कूल पढाउन पनि गाह्रो भइसकेको बताए । ‘छोराछोरी पढाउन निकै कठिन भएको मात्र होइन, साझ विहानको छाक नै खोसिएको छ’ सुनारले अनलाइन डबलीसँग भने ।

यसैगरी सुर्खेत चिसापानी ५ का ४४ वर्षीय अम्मर गन्र्दभको पनि गुनासो उस्तै रहेको छ । गन्दर्भले भने घरमा ५ जना परिवार छन् । सुरुमा भारतमा मजदूरी जीवन गुजरा गरिरहेका थिए । आफ्नै देशमा केही कमाई गरेर जीवन गुजरा गर्ने भन्दै रिक्सा किनेर गुजरा सुरु गरे ।

‘पहिला पहिला कमाई राम्रै थियो, अहिले अटो रिक्साहरुले यात्रु र सामान दुवै बोक्न थालेपछि हामीहरुले दिनमा कहिले १ सय मात्रै कमाउछौँ । कहिले त खाली हात साँझ घर फर्किने गरेका छौँ’ गन्दर्भले भने । उनले बुढेशकाल पनि लागेको तर अन्य कमाई गर्ने पनि उपाय नभएको भन्दै चिन्ता व्यक्त गरे ।

तातापानी १८ बस्दै आएका ५२ वर्षका रिठया सुनारको पीडा पनि उस्तै छ । सुनारले आफ्नो दुःख सुनाउदै भने, ‘श्रीमती घरबाट दैलेख गएको पनि १ महिना भईसक्यो आएकी छैन । घर खर्च चलाउन कठिन भएपछि ठुली छोरी कुवेत गएको ३ वर्ष भएको छ’ सुनारले भने । रिक्साबाट जीवन गुजरा हुन छोडेपछि उनले १ छोरा कालापहाड गएको बताए । उनले छोराको अवस्था जानकारी नआएको बताए ।

‘बिहान बेलुका खर्च चलाउनकै लागि सुरुमा २२ हजार रुपैैयाँ हालेर रिक्सा किनेको थिए । पहिला कमाई राम्रै हुन्थ्यो । खाना खर्च पनि पुग्थ्यो । आया हामी कन सुकाया ९अटो रिक्सा’ सुनारले भने ।

सुर्खेतमा ठेला रिक्सा ३५ देखि ४० सम्म छन् । रिक्सा चालकहरुको मुख्य स्रोत नै संकटमा परेका कारण जीवन गुजरामा निकै कठिन भएकाले उनीहरु चिन्तित छन् ।

स्राेत अनलाइनडवली