☰ open Loading... 21 May 2024|  

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सचिवमा सेजुवाल निर्वाचित
  | १३ मंसिर २०७३, सोमबार १७:५०

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सचिवमा सुर्खेतका देवेन्द्र सेजुवाल निर्वाचित भएका छन् । रुपन्देहीको बुटवलमा मंसिर १० देखि ११ गतेसम्म भएको समाजको १९ औं राष्ट्रिय अधिवेशनमा मानव अधिकार तथा शान्ति समाज, सुर्खेतका निवर्तमान सभापति समेत रहेका सेजुवाल केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् ।

devendra
समाजको विधान बमोजिम प्रदेश कोटा अनुसार ६ नं. प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सचिवमा निर्विरोध सचिव पदमा सेजुवाल निर्वाचित भएको मानव अधिकार तथा शान्ति समाज शाखा सुर्खेतका सभापति पुष्पा मल्लले जानकारी दिएकी छन् ।

एक दशकदेखि सुर्खेतमा रहेर मानवअधिकारको क्षेत्रमा निरन्तर क्रियाशील सेजुवाल एम्नेस्टी इन्टरनेसनल नेपाल, लयर्स समूह ६९, सुर्खेतको पूर्व संयोजक तथा एम्नेस्टीकै काँक्रेविहार युथ नेटवर्कको संस्थापक संयोजक पनि हुन् ।

शान्ति समाजको केन्द्रीय सचिव भएपछि सेजुवालले मानवअधिकारको क्षेत्रमा जिम्मेवारीवोधका साथ अझ सशक्त भएर अगाडी बढ्नुपर्ने आफुमाथि थप दायित्व थपिएको प्रतिक्रिया दिए ।

मानव अधिकार तथा शान्ति समाजको १९ राष्ट्रिय अधिवेशनले निवर्तमान सभापति गंगाधर अधिकारको सभापतित्वमा मनोनित सहित ३३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।