☰ open Loading... 24 April 2024|  

बिजौरीमा गाडी दुर्घटना १४ यात्रु घाईते
  | १४ मंसिर २०७३, मंगलवार १७:४९

दाङको बिजौरीमा गाडी दुर्घटना हुँदा १४ यात्रु घाईते भएका छन् । तुल्सीपूरबाट घोराही आउदै गरेको रा १ ज ४०८ न. को हाईस र घोराहीबाट तुल्सीपूर तर्फ आईरहेको रा ३ प २ न. को मोटरसाईकल एक आपसमा ठोकीदा दुर्घटना भएको प्रहरीले जनाएको हाे ।

दुर्घटनामा घाईते मध्य २ जनाको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुल्सीपूरका निमित्त प्रमूख खुमानन्द पाण्डेले जानकारी दिए ।

dang-durghatana

घाइेतहरुको राप्ती अत्तचल अस्पताल तुल्सीपूरमा उपचार भएरहेको पाण्डेकाे भनाइ छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैविच, तुलसीपुरबाट दमार गाउँ जादै गरेको रा १ ख ५५३ नं. को माईक्रोबस टरिगाँउमा दुर्घटनाहुँदा  ५ यात्रु घाईते भएको प्रहरीले जनाएको छ । एकै दिशाबाट दक्षिणतर्फ जाँदै गरेको गाडीलाई उछिन्ने क्रममा बस पल्टिएकाे इलाका प्रहरी कार्यालय तुल्सीपूरले जनाएको छ । दुर्घटनामा घाईते सबैको राप्ती अञ्चल अस्पताल तुल्सीपूरमा उपचार पछि घर गएकाे प्रहरीले बतायाे ।