☰ open Loading... 30 May 2024|  

संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै प्रदर्शन
  | १५ मंसिर २०७३, बुधबार १८:२५

andolan-1प्रचण्ड नेतृत्व सरकारले मंगलबार राती संसदमा दर्ता गरेको संसोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै सुर्खेतमा प्रदर्शन गरिएको छ । एमाले निकट युवा संघ, अनेरास्ववियू र अनेमसंघ सुर्खेतको आयोजनामा बुधबार साँझ वीरेन्द्रनगरमा मसाल जुलुश निकालिएको हो ।

andolan-2
स्थानीय मंगलगढी चौकबाट निस्केको मसाल जुलश वीरेन्द्रनगर चौकमा पुगेर सभामा परिणत भएको थियो । सभाको आयोजना गर्नु पूर्व उनीहरुले राष्ट्रघाती सरकार मुर्दावाद, संविधान संशोघन प्रस्ताव फिर्ताले, बिदेशी दलाल मुर्मावाद, लेन्डुप सरकार राजिनामा दे लगायतका नारा लगाईएको थियो ।

andolan-3

andolan-4

आन्दोलनमा युवा संघ सुर्खेत अध्यक्ष खिमलाल देबकोटा, अनेमसंघ सुर्खेतका अध्यक्ष मोहनमाया ढकाल, मध्यपश्चिम विश्वविद्यालयका स्ववियू सचिव भरत शाही लगायत नेताले सम्बोधन गरेका थिए ।

andolan-5