☰ open Loading... 24 April 2024|  

डा. केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
  | १६ मंसिर २०७३, बिहीबार १६:२०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सक डा गोविन्द केसीका माग सम्बोधन गर्न आज शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।
drkc
शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ उनले सो निर्देशन दिएका हुन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा रहेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री दाहालले त्यसमा चासो दिएका छन् ।

सो अबसरमा शिक्षामन्त्री पौडेलले चाँडोभन्दा चाँडो केसीका माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण निर्माण गर्न लगाउने बताए ।यसैबीच चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।