☰ open Loading... 24 April 2024|  

माअाेवादीकाे केन्द्रभुमि नै अाक्रान्त
  | १७ मंसिर २०७३, शुक्रबार १२:३७

तत्कालिन माअाेवादीकाे केन्द्रविन्दु मानिएकाे राेल्पा यति बेला अाक्रान्त बनेकाे छ । युद्भवाट सत्तामा पुगेकाे माअाेवादी केन्द्रका लागि राेल्पाली जनताले दिनुह खवरदारी नारा लगाइ रहेका छन् ।

rolpa-1

रोल्पाली र प्युठानी जनताले संयुक्त रुपमा आफुहरुलाई ५ नं. प्रदेश बाट छुटाउने प्रस्ताब फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् । सरकारले माग सुनुवाई नगरे सरकार बिरुद्ध आफुहरुले सडकदेखि र आफ्ना प्रतिनिधिहरुले सदनबाट संशक्त बिरोध गरेर बलिदान तयार रहेकाे बताएका छन् ।

rolpa-2

दैनिक हुने प्रदर्शनमा संयुक्त रूपमा सभाकाे अायाेजना गरेर आफुहरुले दुई जिल्लाको एकताको सन्देश प्रबाह गरेको उनीहरुले बताएका छन् । रोल्पा र प्युठानले चर्तुभूजमा आयोजना गरेको बृहत संयुक्त आमसभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य, सचेतक तथा सांसद गोकुल घर्तीले सरकारले ल्याएको संबिधान संसोधनको प्रस्ताब बिरुद्ध ५ नं. प्रदेशका जनता संशक्त भएर जाग्ने बेला आएको बताए ।

पहाडबाट तराईलाई अलग्याउने गरि आएको संबिधान संशोधनको प्रस्ताब नेपाली जनताको समृद्धिको चाहान भत्काउने खालको भएको उनकाे टिप्पणि छ ।

rolpa-3

सभामा दुबै जिल्लाका सम्पुर्ण राजनितिक दल तथा अन्य सरोकारवालाहरुका प्रमुखहरुले आ–आफ्नो जिल्ला पाटी तथा संस्थाको बिचार ब्यक्त गरेका थिए । संसदमा दर्ता भएको संबिधान संशोधनको बिधयक छिटो सरकारले फिर्ता लिएर रोल्पा, प्युठानलाई यथास्थानमा राख्न समेत माग गरेका छन् ।

यदि सरकारले माग सुनुवाइ गर्न अानाकानी गरे दुबै जिल्ला मिलेर शक्ति प्रदर्शण गर्न बाध्य हुने चेतावनी दिएका छन् । जनातको प्रतिनिधित्व गरेर गएका दुई जिल्लाका संसादले बिपक्षमा मतदान नगरे जिल्ला प्रबेशमा रोक लगाउने समेत चेतावनी राेल्पाली जनाताकाे छ ।

rolpaaa

सरकारको नेतृत्ब तथा सरकारमा सामेत भएका दलका जिल्ला प्रतिनिधिहरुले समेत आलोचना गरेका छन् । उनीहरुले सबैभन्दा पहिले यो सरकार ढाल्नु पर्छ, जनताको भावना बिपरित चल्ने सरकारको के काम छ, यस्तो सरकारको कुनै पनि काम नरहेको र पाटी केन्द्रले जस्तो सुकै निर्णय गरे पनि आफुहरु आन्दोलनबाट पछि नहट्ने उनीहरुको भनाई छ ।