☰ open Loading... 1 May 2024|  

निमोनियाका कारण ११ दिने शिशुको मृत्यु
  | १८ मंसिर २०७३, शनिबार १५:४१

सल्यानमा निमोनियाका कारण ११ दिने शिशुको मृत्यु भएको छ । जिल्लाको पश्चिमी क्षेत्र मुलखोला ४ च्युरा स्थीत मेनुका विष्टको ११ दिनको छोरीको निमानियाका कारण मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जन्मेको एक हप्ता देखि सामान्य खोकि लागेको र समयमा नै उपचार नहुँदा ११ दिने शिशुको मृत्यू भएको स्थानीयले बताए । औषधी उपचारको नगरे धामी झाँक्रि र झारफुकको विश्वास गरेकाले शिशुको मृत्यु भएको स्थानीयको भनाई छ । अस्पताल नजिक हुदाँ हुदै समेत यहाँका अधिकाँस क्षेत्रका नागरिकहरु धामी झाँक्रिप्रति बढी विश्वास गर्ने गरेका छन् ।